स्थानीय तहले विगतका कमजोरी सुधार्दै काम गर्नुपर्छ : राष्ट्रपति

लोकपाटी न्यूज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । महालेखा परीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सवको राष्ट्रपति भण्डारीले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले आर्थिक शुद्धता नै सुशासनको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायहरूबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व सङ्कलन, स्रोत र साधनको बाँडफाँड लगायतका विषयमा सरकारलाई सुझाव दिनुपर्ने पनि बताउनुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने जोड दिनुभयो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्