काठमाडौं, १३ असार। स्वतन्त्र उम्मेदवारहरूले राष्ट्रिय भेलामा देशभरका स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरूलाई उपस्थितिको लागि आह्वान गरेका छन्। राष्ट्रिय भेलालाई ‘संयुक्त विशेष भेला’ को नाम दिने र उक्त ‘विशेष भेला’ले बृहत राष्ट्रिय भेलाको मिति र कार्यक्रम तोक्ने जनाइएको छ।
विचार र सिद्धान्त नभई अघि बढ्न नसकिने उनको भनाइ थियो। स्वतन्त्रहरूको राष्ट्रिय भेलाको निर्णय अनुसार अघि बढ्ने स्पष्ट पारे। सायमीले गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रले जितेपछि राजनीतिक दलहरू सचेत भइसकेको बताए।
कार्यक्रममा स्वतन्त्र अभियानकर्मी माया गुरूङले भनिन्, ‘राणा शासनबाट प्रजातन्त्र र प्रजातन्त्रबाट आज लोकतन्त्र आएपनि पार्टीहरूको दास भएको महसुस भएर स्वतन्त्र हुन खोजियो।’ अन्यायको विरुद्ध आफूहरू लागेको उनले सुनाइन्। अहिले देशैभर स्वतन्त्रहरूले राम्रो सुरुवात गरेकोमा खुशी व्यक्त गरिन्। अब देश स्वतन्त्र व्यक्तिहरू नै मिलेर बनाउने उनले धारणा राखिन्।
अर्का अभियानकर्ता दिनेश खनालले राजनीतिक दलको झुटो वचन र कर्मप्रति फरक भएकोले स्वतन्त्र ढंगले आफ्नो समूह अघि बढेको बताए। गत स्थानीय चुनावमा पनि काठमाडौं महानगरमा बालेन्द्र साहलाई भरपुर सहयोग गरेको जानकारी दिए।
उनले भने, ‘नेताहरूको चित्र बदलियो। तर, चरित्र बदलिएन। त्यसैले बालेन शाहलाई भरपुर सहयोग गरेर जितायौं। अब संसदमा सुमन सायमीलाई पुर्याउन सहयोग गर्छौ, उहाँले जनताको आवाज संसदमा पुर्याउनुहुनेछ।’



लोकपाटी न्यूज

