सभामुख सापकोटाद्वारा दुई विधेयक प्रमाणित

Agni_Sapkota
लोकपाटी न्यूज

सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणित गर्नुभएको छ । उहाँले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गर्नुभएको हो ।

यही असार ७ गतेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानूनी रूप लिनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्