गजल
कहाँ हुन्थ्यौ होला यो संसार नभए!
कोही कसैको घरवार दरवार नभए!!
गाउँ हुने थिएनन् होला यी शहरहरु!
एउटा भूगोल समेटेर सरकार नभए!!
हजुरको व्यबहार देख्दा लाग्छ कलीमा!
मान्छे हुने थिएन मान्छे कारागार नभए!!
कस्ले सुन्थे सुनाउथे विछोडको कथा?
खै कस्तो हुन्थ्यो प्रेम कहीँ हार नभए!!
घायल भएको हुँ त्यो कोमल स्पर्शले!
मर्छु तिम्रै चुम्बन बाट उपचार नभए!!
निर्मल पौडेल एन पी घायल पर्वत।



लोकपाटी न्यूज

