दिनेश बस्नेतको बालकथासंग्रह ‘देश सम्झिएर’ सार्वजनिक

लोकपाटी न्यूज

काठमाडौं । कथाकार दिनेश बस्नेतको बालकथासंग्रह ‘देश सम्झिएर’ सार्वजनिक भएको छ । पोखरामा शृंखला क्लब र हरिहर–भक्ति आमा समूहद्वारा आयोजित कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो ।

स्थानीय जनप्रतिनिधि गंगाबहादुर केसीले कृति विमोचन गर्दै कलाकार र साहित्यकार राष्ट्रका गहना भएको बताए । उनले सर्जकहरूको सिर्जनात्मक क्षमताको सम्मान गरिनुपर्नेमा जोड दिए ।

कोपिला किताबले प्रकाशन गरेको कृतिमाथि कृष्णप्रसाद बस्ताकोटीले समीक्षात्मक टिप्पणी गर्दै समसामयिक कथाहरू रहेको बताए । कार्यक्रममा शृंखला क्लबका अध्यक्ष जीवन अधिकारी, अर्जुनबहादुर क्षेत्री, कथाकार दिनेश बस्नेतलगायत व्यक्तिले बोलेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्