काठमाडौं । जीवन र जगतको यथार्थवोधका लागि ‘अक्षरयात्रा’ मूल मन्त्रमा साहित्यिक कार्यक्रमको १८७ औं श्रृङ्खला सम्पन्न भएको छ । जीवन र जगतको यथार्थवोधका लागि ‘अक्षरयात्रा’ मूल मन्त्र बनाएर नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १८७ औं श्रृङ्खला आज शनिबार कास्कीकै पुरानो ऐतिहासिक धार्मिक तिर्थस्थल हरिहर गुफा सन्यास आश्रम भलाममा सम्पन्न भएको हो ।
अक्षरयात्रामा प्रकट पंगेनी ‘शिव’, लक्ष्मण थापा ‘अमृत’ , प्रमिला पौडेल, संगीता आभास, माधव खतिवडा, दिनेश बस्नेत, जीवन पौडेल, संगम लामिछाने लगायतका सर्जकले रचना वाचन गरेका थिए ।
कार्यक्रम हरिहर गुफा सन्यास आश्रम ब्यवस्थापन समितिको स्थानीय ब्यवस्थापनमा भएको थियो । कार्यक्रममा स्वामी इशानानन्दले मन्तव्य राखेका थिए । स्वामीले पोखराको मुकुट भनेर चिनीने धार्मिक स्थल ओझेल परे जस्तो देखिनु दुःखद भएको भन्दै अब कलमजिवीहरुले यो क्षेत्रको प्रचारप्रसार गर्नु पर्ने बताए ।
कार्यक्रममा अर्का वक्ता आश्रममा उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले आश्रम क्षेत्र पवीत्र अध्यात्मिक भुमी भएको तथा यहाँ आउने जो कोहीले पनि आत्मिक आनन्द प्राप्त गर्ने बताए ।
कार्यक्रम गजल सन्ध्याका अध्यक्ष बसन्त विनोदको अध्यक्षता र सुरज उपाध्यायको संचालनमा भएको थियो ।



लोकपाटी न्यूज

