ओलीको प्रश्न : प्रतिपक्षलाई सिद्धाउँछु भन्ने हक कहाँबाट आयो ?

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रघाती र देशद्रोही नभएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा ओलीले एमाले लोकतान्त्रिक मूल्य-मान्यताका लागि निरन्तर लडेको बताए।

एमालेलाई समाप्त पार्ने भन्ने सत्तापक्षका नेताको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए। ओलीले सत्ताले एमालेलाई समाप्त पार्ने रणनीति लिएको आरोप लगाए।

उनले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई सिद्धाउँछु भन्ने हक कहाँबाट आयो भन्दै प्रश्न गरे। ‘प्रतिपक्षलाई सिद्धाउँछु भन्ने हक कहाँबाट आयो ?,’ ओलीले प्रश्न गरे, ‘चुनावमा जित्छौं भन्न पाइन्छ तर गायब पार्छौं, पत्तासाफ पार्छौं, धुलो चटाउँछौं भन्ने ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्