मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज

काठमाडौं। हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ।

दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शुक्रबार पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्