मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज

काठमाडौं। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। सोमबार बिहान बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

देशका अन्य भू-भागमा भने आंशिकदेखि सामान्यता सफा रहेको छ। साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेभएको छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार राती भने लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेभएको छ। बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्