गठबन्धन काँग्रेसको लागि अति आवश्यक छ : देउवा

Sher_Deuba
लोकपाटी न्यूज

पोखरा। नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरताको लागि अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन्। पोखरामा आइतबार आयोजित पाँच दलीय चुनावी सभामा देउवाले गठबन्धन सबैभन्दा बढी काँग्रेसलाई आवश्यक रहेको बताए। त्यसैले सबै एकजुट भएर गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए।

‘राष्ट्रिय आवश्यकता अनुसार गठबन्धन बनेको हो। यसलाई अझै मजबुत बनाएर लैजानुपर्छ,’ देउवाले भने, ‘गठबन्धन भएर नै हामी सरकारमा आएका हौ। गठबन्धनले नै हामीलाई सरकारमा ल्याएको हो।’ उनले संविधान जोगाउनको लागि बनेको गठबन्धनबाट सबै दललाई फाइदा भएको र काँग्रेसलाई झन् धेरै फाइदा भएको जिकिर गरे।

देशभरको महानगरमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेदवार काँग्रेसको भएको जिकिर गर्दै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे। गठबन्धनको उम्मेदवारले जित्दा काँग्रेसको र देशको जित हुने उनको दाबी थियो। गठबन्धन काँग्रेसको लागि अति आवश्यक भएको उनको भनाई छ। ‘गठबन्धन बनेपछि पोखराको अवस्था के छ। पार्टीको अवस्था के छ? नेपाली काँग्रेसको मुख्यमन्त्री भएको छ,’ देउवाले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्