रत्ननगर। नेकपा (एकीकृत समाजवादी) रत्ननगर वडा नम्बर ३ को वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ। वडा कमिटी अध्यक्ष अशोक भुसालको नेतृत्वमा वडा कमिटी नै एमालेमा समाहित भएको हो।
भुसालसहित वडा कमिटीका सदस्यहरूलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा स्वागत गरेका हुन्। अध्यक्ष भुसालको नेतृत्वमा सिंगो वडा कमिटी एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए।
नेकपा एमालेमै फर्किनेमा सुवास भुसाल, दिपेश श्रेष्ठ, सञ्जय चौधरी, नवराज अधिकारी, लक्ष्मण रानाभाट, ईश्वर लामा, लाल बहादुर तामाङसहित काँग्रेसका नवराज श्रेष्ठ एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष ईश्वरी अर्यालले जानकारी दिए।



लोकपाटी न्यूज

