रौतहट। चन्द्रपुर वडा नम्बर ८ का वडाध्यक्ष पदको लागि अच्युत हुमागांईले उम्मेद्वारी दिएका छन्। नेकपा एमालेमा लामो समय राजनीति गरेका हुमागांईले सो वडामा स्वतन्त्र रुपमा वडाध्यक्षका लागि उम्मेद्वारी दिएका हुन्।
नेकपा एमालेले चन्द्रपुर ८ मा एकै व्यक्तिलाई धेरै पटक उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका हुमागांईले स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएको बताए। हुमागांईले आँप चुनाव चिन्ह् रोजेका छन्।
चन्द्रपुर ८ को वडा अध्यक्षको मैदानमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी,नेकपा एस पछि एकाएक हुमागाई चुनावी मैदानमा उत्रेका हुन्।
चन्द्रपुर ८ मा नेपाली काग्रेसबाट जितेन्द्र चौधरी,नेकपा एमालेबाट पासपत चौधरी,नेकपा माओवादी केन्द्रबाट जंगबहादुर थापा,नेकपा एसबाट सोना कार्की मैदानमा रहेका छन्।



लोकपाटी न्यूज

