पोखरा। नेपाली नववर्ष २०७९ को स्वागत विशेष विश्व हिन्दु परिषद् नेपालले पोखरामा मोटरसाइकल र्याली कार्यक्रम गरेको छ। परिषद्को आयोजनामा बिहीबार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए।
परिषद्का राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै, ‘इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वंसिद्ध हिन्दु राष्ट्र रहेको बताएका छन्।’ उनले हाम्रो नववर्षलाई गौरवका साथ मनाउनु पर्नेमा जोड दिए।
शुभकामना मन्तव्य राख्दै, ‘हाम्रो नववर्ष प्रकृति सम्मत रहेको र विक्रम सम्बत पात्रो अनुसार भगवान् सूर्य १२ वटा राशीमा एक-एक महिना रहने, उक्त चक्र चैत्र महिनामा पूरा भई बैशाख १ गते पुनः मेष राशीमा प्रवेश गरेर नयाँ वर्ष प्रारम्भ हुने’ हिन्दु स्वयंसेवक संघका गण्डकी सम्भाग संघचालक ऋषिराम सापकोटाले बताएका छन्।
कार्यक्रम केदारेश्वर महादेव मन्दिरको प्राङ्गण लेक साइडबाट प्रारम्भ भई हल्लन चोक, जिरो कि.मि, विन्द्यवासिनी, सिम पानी, बगर, महेन्द्र पुल, न्यूरोड, सिर्जना चोक, राष्ट्र बैंकचोक, मुस्ताङ चोक, बिरौटा हुँदै पुनः केदारेश्वरमा आएर सम्पन्न भएको थियो।
परिषद्का कास्की जिल्ला अध्यक्ष राजु बरालको संयोजकत्वमा भएको कार्यक्रम सञ्चालन रविन पौडेलले गरेका थिए।



लोकपाटी न्यूज