सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेबाट शङ्खरबहादुर भण्डारीले उम्मेदवारी दिने भएका छन्। यसअघि वडाध्यक्ष भइ पाँच वर्षीय कार्यकाल पूरा गरिसकेका भण्डारीलाई पार्टीले सर्वसम्मत रुपमा आगामी निर्वाचनको लागि उम्मेदवार घोषित गरेको हो।
पाँच वर्षीय कार्यकालमा जनतासँग जोडिएर जनताको राम्रो अभिभाकत्व निर्वाह गरेको दाबी गर्दै भण्डारीले ५ वर्षको कार्यकालमा बाँकी रहेका काम पूरा गर्नको लागि आगामी कार्यकालमा पनि आफू नै दोहोरिन चाहेको बताउँछन्।
सडक निर्माण, शिक्षा, स्वास्थ्यमा सहज र सेवा मुलकका साथ साझा रुपमा जाने र पूर्वाधारका बाँकी कामहरूलाई विकास गर्ने,गाउँमा रोजगारीका अवसर सिर्जना गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताउँदै उनले फिक्कललाइ धार्मिक, सांस्कृतिक र पर्यटकीय विविधतायुक्त अथाह संभावनालाई सुन्दर बनाउनमा जोड दिने समेत बताए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा फिक्कल २ बाट अध्यक्षमा निर्वाचित भएका भण्डारी २०७८ को नेकपा एमालेको महाधिवेशनमा जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए।



लोकपाटी न्यूज

