गठबन्धनलाई गायक शर्माको प्रश्न – आफूमा विश्वास छैन भने जनताको विश्वास कसरी जित्छौं ?

Pashupati Sharma
लोकपाटी न्यूज

काठमाडौं। लोक तथा दोहोरी गायक पशुपति शर्माले गठबन्धन गर्नेहरुलाई लाज पचेका संज्ञा दिएका छन्। आगामी वैशाखमा तय स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल बनेको छ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न सहमत भएका छन्।

यसै सन्दर्भमा गायक शर्माले सिद्दान्त, विचार र घोषणापत्र नमिलेरै लाज पचाएर गठबन्धन भएको आरोप लगाएका हुन्। उनले भनेका छन्, ‘लाज पचेकाहरुले हो गठबन्धन् गर्नी, सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन, चुनावि घोषणा पत्र आफ्ना आफ्ना छन्, के हो यो, गठबन्धन, आफूमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ ! कार्यकर्ता र जनता कती भेडा हुन्छौ सोच्नी बेला भयो अब।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्