तीन बजे काँग्रेस प्रवक्ताको पत्रकार सम्मेलन

prakash_Sharan_mahat
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसले एक महिने चुनावी अभियानबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएको छ। फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले ‘घर घर जाऔं, काँग्रेस जिताऔं’ अभियान चलाउने निर्णय गरेको थियो।

उक्त अभियानको आज सकिँदैछ। सोही सन्दर्भमा काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिले पत्रकार सम्मेलन गर्न लागेको हो। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिने काँग्रेसले जनाएको छ।

‘घर घर जाऔं, काँग्रेस जिताऔं’ एक महिने अभियानबारे स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले प्रकाश पार्नेछन्।