काठमाडौं। एलन मस्क ट्वीटरको बोर्डमा समावेश हुने छैनन्। कम्पनीका मुख्य कार्यकारी अधिकारी पराग अग्रवालले यसबारे जानकारी दिएका हुन्। एलन मस्क शनिबारदेखि ट्वीटरको बोर्डमा समावेश हुनुपर्ने थियो। उनले अघिल्लो हप्ता नै ट्वीटरमा उनले ९.२ प्रतिशतको हिस्सेदारी खरिद गरेको बताएका थिए।
पराग अग्रवालले ट्वीट गरे, ‘एलनले बिहानै आफू बोर्डमा समावेश नहुने जानकारी दिएका छन्।’ अग्रवालले टेस्ला चिफ एलन मस्क ट्वीटर कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदार बनिरहने र उनको धारणा कम्पनीमा सधैँ स्वागत हुने बताएका छन्।
परागले दिएको जानकारी अनुसार ट्वीटरले एलन मस्कलाई कम्पनीको बोर्डको सदस्य बन्न प्रस्ताव दिइएको थियो। यसबारे उनले भने, ‘बोर्ड सदस्य भए पनि नभएपनि हामी सधैँ आफ्नो हिस्सेदारको सर-सल्लाहको सम्मान गर्छौँ। एलन मस्क हाम्रा सबैभन्दा ठूला शेयरधारक हुन् र हामी सधैँ उनको विचार-धारणाको स्वागत गर्छौँ।’



लोकपाटी न्यूज

