काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गफाडीहरूको काम नभएको बताएका छन्। राजधानीमा आयोजित पार्टीको जनसभामा अध्यक्ष नेपालले आफ्ना कार्यकर्तालाई गफभन्दा काम गरेर देखाउन सन्देश दिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी संज्ञा दिए।
उनले भने, ‘हाम्रो पार्टीको भविष्य छ, गफाडीहरूको कुनै काम छैन। गफाडीलाई गफ गर्न दिनुस्। हामी काम गरेर देखाऊ। इमानदारिता र निष्ठाका साथ जनताको रूपान्तरण हुने गरी काम गरौं।’ आफूहरूले नयाँ पार्टी गठन गरेर कम्युनिस्ट पार्टीको निरन्तरता बोकेको नेपालको भनाइ छ।
उनले एमालेले मदन भण्डारीको नाम दुरुपयोग गरी राजनीति गरिरहेको आरोप पनि लगाए। भण्डारीले ल्याएको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादलाई लिएर पनि गलत रूपमा प्रयोग गरिरहेको अध्यक्ष नेपालले बताए। उनले भने, ‘एमालेले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको छ। जबजको मान्यतामा कुठाराघात गरिरहेको छ।’



लोकपाटी न्यूज

