काठमाडौं। सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। स्थानीय तहको निर्वाचन र अन्य विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतको सहभागीता रहेको छ।
बैठकमा बिहीबार मन्त्रिपरिषद्ले गरेका नियुक्ति तथा महानगरपालिकामा गठबन्धनको विषायमा छलफल गरिने छ।वैशाखमा हुने स्थानीय चुनावमा पाँचदलीय गठबन्धन मिलेर जाने सहमति गरेका छन्। तर चुनावी तालमेलको ढाँचा भने टुंगिएको छैन।



लोकपाटी न्यूज

