लोकपाटीका सल्लाहकार खतिवडा एनआरएनको केन्द्रीय सचिव चयन

dharma khatiwoda
लोकपाटी न्यूज

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय सचिवमा धर्मराज खतिवडा चयन भएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएन) को प्रमुख संरक्षक डा.शेष घलेको नेतृत्वमा सम्पन्न संघको तेस्रो पूर्ण बैठकले खतिवडालाई सचिवमा चयन गरेको हो।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन परराष्ट्र मन्त्रालय केन्द्रीय समितिले दिएको निर्देशन अनुसार सम्पन्न बैठकले बिनोद कुवंरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

एनआरएनको सचिवमा निर्वाचित भएपछि खतिवडाले सामूहिक समस्या हातेमालो गरेर पूरा गर्ने बताएका छन्। उनले एनसीसीको साथी भएर जिम्मेवारी पूरा गर्ने बताए। उनले भने, ‛मेरा प्रतिबद्धता तपाइँहरुको साथमा रहने र हाम्रा सामुहिक समस्याहरु,दुख  र सुखमा साथै मानविय पीडामा सहयोगि बन्ने छ।’

को हुन् खतिवडा ?

अष्ट्रियामा रहेका खतिवडा सामाजिक एवं शैक्षिक क्षेत्रमा क्रियाशील छन्। बौद्धिक गतिविधिमा सक्रिय उनी गैरआवासीय नेपाल संघ (एनआरएन) अष्ट्रियाको पूर्वअध्यक्ष हुन्। हाल खतिवडा लोकपाटी डटकमको सल्लाहकार समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्