काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार बुधबार १३ जनामा कोरोना पुष्टि भएको हो।
आज ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो चौबिस घण्टामा ५७ जना कोरोना संक्रमित संक्रमुक्त भएका छन्। मन्त्रालयका अनुसार बुधबार कोरोनाका कारण मृत्यु हुनेका संख्या शून्य रहेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ सय ६५ जना रहेको छ। जसमध्ये ७२६ जना होम आइसोलेसनमा रहेका छन् भने ३९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।



लोकपाटी न्यूज

