कविता
‘पर्खाइ’
जिन्दगीको गोरेटोमा
तिमिले के पर्खेकी छौ ?
मैले के पर्खेको हौँलार ?
थाह छैन
फेरी
जिन्दगीले भेटाउँछ भेटाउँदैन पर्खेको पल
अन्तिम भेटाइ मृत्यु अगाडि।
भन्नेले सजिलै भन्छन् पर्खाइको फल मीठो हुन्छ
दिन यसै ढलेपनी
बिहानीले साँझ र साँझले विहानीको प्रतीक्षा गरेझै
एवं रीतले
पर्खाइको पर्खाइमा बसेको मान्छे लाई
समयले नपर्खेनी
एक सेकेन्ड बित्न पनि
युगौँ लाग्छ
एक रात जान कति कुर्नु पर्लारु
उहिले देखि रातहरु दुरुस्तै गरि कटिरहेछ्न
कटेनन् भाग्यका काला घडी
मेटिएनन भ्रामरीहरु
साडे सातीहरु
र त लाग्छ कसैलाई
के औँसी के पुर्णिामा ?
अनिदो ऎठनमा
सुनशान मध्यराती
आकाशमा जून हेर्छु तिमी लाई सम्झन्छु
ओ१ सपनाकी राजकुमारी
तारा हेरेर सारा सम्झन्छु
चुपचाप चिच्याएर के के भन्छु ?
अहँ मलाई केही थाह छैन।
थाह छ
निष्पटताको साथ
व्याकुलताको अट्टाहस
आँसुको चीत्कार
दुखाइको संवेदना
एक्लोपनको आहत
शुन्यताको सान्नटा
यस्तै यस्तै…
मलाई देखेर
जूनकिरीले जिस्काउँदा
लाग्छ
पर्खाइले पनि जिस्काइरहेछ
अपशोच पर्खाइ त पर्खाइ हो
उ
आउला नआउला
भेटिएला नभेटिएला
बल्ला नबल्ला
प्रतीक्षा र आशाको दियो
अन्तिम भेटाइ मृत्यु अगाडि।
एन पी घायल पर्वत।



लोकपाटी न्यूज

