ठुलो घर चाहिँदो रहेछ छत चाहिँदो रहेछ।
मान्छेले मान्छे भन्न दौलत चाहिँदो रहेछ।।
पद,पावर,धन सम्पत्ति बटुल्न दुनियाँमा।
धेरै थोरै त सत्ताको सङ्गत चाहिँदो रहेछ।।
म थला परेको बेला मज्जाले हाँस्नुभयो।
हजुर लाई हाँस्न यस्तै घत चाहिँदो रहेछ।।
कसैसङ्ग नजर कोहिले जुधाएर हेर्न यहाँ।
कमसेकम हैसियत औसत चाहिँदो रहेछ।।
घायल भएर पनि म धोकेवाज बन्न सकिन।
धोका दिन चाहने नि नियत चाहिँदो रहेछ।।
एन पी घायल पर्वत ।



लोकपाटी न्यूज

