नयाँ दिल्ली। भारतमा गएको १२ दिनमा १० चोटी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि आएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि आएकाले भारतमा पनि बढाइएको अधिकारीहरूले जनाएका छन्।
पछिल्लो दिन शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ। पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रति लिटरमा ७. २० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन्।
संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ। त्यसैगरी डिजेलको मूल्य प्रति लिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ।



लोकपाटी न्यूज

