मलेसियाका राजा-रानीलाई कोरोना संक्रमण पुष्टि

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

क्वालालम्पुर। मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन्। उनीहरूमा हल्का लक्षणहरू देखिएको छ।

शाही दम्पती अहिले आइसोलसनमा छन्। शुक्रबार मध्यरातसम्म १७,४७६ नयाँ कोभिडऔ१९ सङ्क्रमण देखिएपछि राष्ट्रिय कुल सङ्ख्या ४,२१९,३९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५,०१३ पुगेको छ।