दलहरू नागरिकका मुद्दा संवेदनशील भएनन् : डा. भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय चुनाव केन्द्रित दलहरूको गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। डा. भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत दलहरू स्थानीय चुनावको गणित मिलाउने र भीड प्रदर्शनको होडबाजी केन्द्रित रहेको भन्दै असन्तुष्टि जनाएका हुन्।

यस्तो अवस्थामा जनताका मुद्दा पुरै हराउने जोखिम देखिएको उनले बताए। मुलुकको राजनीति अब अंकगणित र द्रव्यमै सीमित रहेको उल्लेख गर्दै डा. भट्टराईले दलहरू नागरिकका मुद्दा संवेदनशील नभएको बताए। चुनावमार्फत फेरि पुरानै सोच, आचार र अनुहार दोहोरिए त्यसले नयाँ परिणाम दिन नसक्ने उनको भनाई छ।

डा. भट्टराईले लेखेका छन्, ‘बिहा गर्ने हतपतमा केटी र केटा माग्नै बिर्स्यो भनेझैँ स्थानीय चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होडमा देश र जनताका मुद्दा पुरै हराउने जोखिम पो देखिँदै छ त! राजनीति अब अंकगणित र द्रव्यमै सीमित रहने हो ? उही पुराना सोच, आचार र अनुहार दोहोरिएर के फरक परिणाम आउला? हामी कता जाँदै छौं ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्