एमाले नेताको प्रश्न : देउवाको भ्रमण निजी हो कि प्रधानमन्त्रीका हैसियतले ?

Bishnu_Rijal
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएको छ। भारत भ्रमणबारे प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षीसँग छलफल नगरेको भन्दै एमालेले भ्रमणको विषयमा प्रश्न उठाएको हो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको यो भ्रमण निजी हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै प्रश्न गरे। भ्रमणको विषयमा एमालेसँग देउवाले कुनै छलफल र सरोकार नराखेको भन्दै उनले आपत्ति जनाए। प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली जान लागेका छन्।

‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ’ रिजालले लेखेका छन्, ‘संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्त्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन। स्वाभाविक रूपमा प्रश्न उठेको छ: शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्