पत्रकारको स्वस्थ जीवनका लागि चिकित्सकका केही टिप्स्

लोकपाटी न्यूज

चितवन । जीवनशैली परिवर्तन गर्दै व्यायाम र तनावमुक्त जीवन जीउन चिकित्सकले पत्रकारलाई सुझाव दिएका छन् ।

चिकित्सकले पत्रकारको खराब कोलेस्टेरोल बढेको, हाईपरटेन्सन, मधुमेह, उच्च रक्तचाप र एलर्जीको समस्या देखिएको बताउँदै जीवनशैली परिवर्तन गर्न सुझाएका हुन् ।

पत्रकार महासंघ चितवनको स्थापना दिवसको अवसरमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागी चिकित्सकहरुले नियमित रुटिङ (तालिका) बनाएर काम गर्न, बेलुकाको खाना हल्का खान, नियमित व्यायाम गर्न समेत सुझाएका छन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा। भोजराज अधिकारीले परीक्षणमा सहभागी धेरैजसो पत्रकारहरुको खराब कोलेस्टेरोल बढेको र गुड ९राम्रो० कोलेस्टेरोल (एचडिएल) घटेको पाईएको बताए ।

शाकाहारीहरुले पनि दूध, घिउ जस्ता जनावरबाट प्राप्त हुने बोसो (फ्याट) बढी सेवन गर्ने र मासुजन्य पदार्थ सेवन नगरे पनि कतिपयको अम्मल हुने भएका कारण शाकाहारीहरुमा पनि कोलेस्टेरोलको समस्या देखिने गरेको डा. अधिकारीको भनाइ छ । ।

पेटको मोटोपन घटाउन, कुनै अम्बल भए कटौती गर्न र फ्याट डाईट घटाउन डा. अधिकारीले सुझाव दिए । उनले न्यूनतम सातामा ६ दिन दैनिक २० मिनेट फटाफटको हिडाई आवश्यक रहेको जानकारी दिए ।

पत्रकारहरुको रगतमा प्लेटलेसको मात्रा पनि कमै देखिएको उनको भनाई छ । यस्तै पत्रकार पुरुषको तुलनामा पत्रकार महिलाको स्वास्थ्य राम्रो रहेको पनि डा. अधिकारीको तर्क छ । अधिकारीले भने, ‘स्वास्थ्य सूचकले पत्रकार महिलाको स्वास्थ्य राम्रो देखाएको छ । महिलाको स्वास्थ्य सूचक बेटर छ । ’

यता परीक्षणमा सहभागी ४० वर्ष नाघेको धेरैजसो पत्रकारहरुलाई दीर्घरोग रहेको पाईएको छ । डा। अधिकारी हाईपर टेन्सन, मधुमेह, थाईराईड र उच्च रक्तचापको समस्या ४० वर्ष कटेका धेरैजसो पत्रकारमा रहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्