काठमाडौं। अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। बिहीबार एआईजी बढुवाविरुद्ध प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
तीन डीआईजीलाई मन्त्रिपरिषद्को बिहीबारको बैठकले एआईजीमा बढुवा गरेको थियो। मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो।
तर वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दिएका हुन्। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले डीआईजी कार्कीको रिट दर्ता भएको पुष्टि गरे। उक्त रिटमा चैत २० गते आइतबार सुनुवाइ हुने उनले बताए।



लोकपाटी न्यूज

