पछिल्लो चौबिस घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

Corona_Virus
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ४ हजार ९५१ जनाको एन्टिजेन तथा पीसीआर विधिबाट परीक्षण भएको छ। आज ८९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्‍या ९ लाख ६५ हजार ३९४ रहेको छ ।

आज संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। अहिलेसम्म ११ हजार ९५१ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयको तथ्यांक छ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८१ जना रहेको छ। पछिल्लो चौबिस घण्टामा थपप ६० हजार २६०९ जनालाई कोरोनाविरुद्धको खोप दिइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्