धनुषा। मधेस प्रदेशको प्रदेश सभा बैठक गणपुरक संख्या नपुगेपछि बिहिबारसम्मका लागि बैठक स्थगित भएको छ।
बुधबारको वैठकमा सभामुख सरोज यादवले वैठकको काम कारवाही प्रारम्भ गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सचेतक परमेश्वर साह र नेकपा (एमाले) का सचेतक किशोरी साहले बैठकमा गणपुरक संख्या नपुगेको भनी सभामुख सरोजकुमार यादवको ध्यानकर्षण गराएका थिए।
प्रदेश सरकारका मन्त्रीहरु चुनावमा केन्द्रित हुन थालेपछि केही दिनदेखि वैठक प्रभातित हुँदै आएको छ। अर्को बैठक विहान ११ बजे बस्ने सभामुख यादवले बताए।



लोकपाटी न्यूज

