देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि

लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २६ जनामा कोरोना पुष्टि भएको हो।

आज पाँच हजार १९२ वटा नमुनामा परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा थप ७७ जना कोरोना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १४६ पुगेको छ। आज देशभरको औसत संक्रमणदर ०.६प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्