राजेन्द्र बिक/ बाजुरा, १६ चैत। बाजुरामा विश्व खाद्य कार्यक्रमको सहयोगमा आधारभूत विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले विद्यार्थीलाई घर लैजाने खाद्यान्नको रूपमा वितरण सुरु गरेको छ।
जिल्लाभरिका ९ वटा स्थानीय तहका २ सय ४७ विद्यालयका २८हजार ३ सय ४७ विद्यार्थीलाई १ सय ५४.७ सय ४७ मेट्रिक टन पोसिलो खाद्यान्न वितरण कार्य निरन्तर चलिरहेको छ। खाद्यान्न प्राप्त गर्ने प्रत्येक विद्यार्थीले ४ केजी चामल १ केजी दाल र आधा लिटर तेल पाउने भएका छन्।
विद्यार्थीहरूले नियमित रूपमा विद्यालयमा दिवा खाजा स्वरूप पोसिलो खाना पनि विश्व खाद्य र नेपाल सरकारको सहयोगबाट खाँदै आएका छन्। वार्षिक रूपमा जिल्लाका २ सय ४७ विद्यालयलाई जम्मा ५ सय ७१ मेट्रिक टन खाधन्न विनियोजन गरिएको छ।
विद्यार्थीहरूले नियमित रूपमा विद्यालयमा दिवा खाजा स्वरूप पोसिलो खाना विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको सहयोगबाट पाउँदै आएका भए पनि बालबालिकाले घरमा समेत पौष्टिक आहार पाउन भन्ने उद्देश्यका साथ घरमा पनि खाद्यान्न वितरण सुरु गरिएको शिक्षा विकास तथा समन्वय ईकाई बाजुराका दिवा खाजा शाखाका फोकल पर्सन विजय कुमार ठाकुरको भनाई रहेको छ।
वार्षिक रूपमा जिल्लाका २ सय ४७ विद्यालयलाई जम्मा ५ सय ७१ मेट्रिक टन खाधन्न विनियोजन गरिएको उनले बताएका छन्। यसअघि जिल्लाका केही स्थानीय तहमा मात्र सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रम अब जिल्लाका ९ ओटै स्थानीय तहमा सञ्चालन कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ। विद्यालय र घरमा पनि पौष्टिक तत्त्वले भरिपूर्ण खाद्यान्न पाउन थालेपछि बालबालिका नियमित विद्यालय जान थालेका छन्।



लोकपाटी न्यूज