नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३२२ जनाको पीसीआर परीक्षणमा ३० जना र १ हजार १४९ जनाको एन्टीजेन परीक्षणमा १२ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८६ जना निको भएका छन् भने हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्‍ये १ हजार १४६ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २० जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन्।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५०८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार २२८ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्