काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पाँच बजेपछि सुरु भएको हो।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका कारण प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पाँच बजे मात्र सानेपा पुगेका थिए।
शुक्रबारदेखि जारी बैठक स्थानीय तह निर्वाचनमा गठबन्धन र संसदीय समिति गठन लगायतका निर्णय गरेर आज सकिँदै छ। यसअघिका बैठकमा ‘घरघर जाऔं, नेपाली काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिले जिल्लागत रिपोर्ट सुनाएका थिए।



लोकपाटी न्यूज

