काठमाडौं। पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। सो अवधिमा ३१९ जना संक्रमण मुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो। सो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
पछिल्ला केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आइरहेको छ। हाल देशभर १२५४ सक्रिय संक्रमित रहेका छन्।



लोकपाटी न्यूज

