काठमाडौं। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन्। उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भए पनि प्रभावकारी नदेखिएको बताएकी हुन्।
आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भूकम्पपछि सरकारले एकीकृत बस्तीको योजना बनाएर बस्ती निर्माण गरिए पनि प्रयोगमा आउन नसकेको बताइन्।
उनले भनिन्, ‘सरकारले जुन लक्ष्य र उद्देश्यको साथ एकीकृत बस्ती निर्माणको काम अघि बढाएको थियो, तर प्रभावकारी प्रयोग देखिएन।’ मन्त्रालयको कतिपय नीति तथा कार्यक्रमलाई समेत पुनर्विचार गर्ने गरी गृहकार्य गरिरहेको बताउँदै मन्त्री झाँक्रीले एकीकृत बस्ती निर्माण गरिए पनि प्रभावकारी बन्न नसकेको बताइन्।
पूर्वाधार क्षेत्रमा रहेर कलम चलाउँदै आएका पत्रकारको संगठन बन्नु सुखद रहेको बताउँदै संस्थाका उनले पूर्वाधार क्षेत्र महत्त्वपूर्ण पक्ष रहेको बताइन्। नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले पूर्वाधार क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरूको विषयगत क्षमता अभिवृद्धिका लागि मन्त्रालयले सहयोग हुने अपेक्षा गरेको बताए।



लोकपाटी न्यूज

