पदकै लागि बादलहरू एमालेमा गए : मन्त्री पौडल

लोकपाटी न्यूज

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन्। नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन्।

‘बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,’ मन्त्री पौडेलले भने ‘पार्टीलाई धोका दिई पदकै लागि एमालेमा गए, अहिले माओवादीलाई सराप्दै छन् ।’

आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनुपर्ने बताए। ‘आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो,’ मन्त्री पौडेलले भने, ‘आफ्नो पार्टी मजबुद भएपछि अन्य दल गठबन्धन गर्न आउँछन् ।’

देशको परिवर्तनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धन गरेको बताए। माओवादीको लामो सङ्घर्षपछि आएको परिवर्तनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उनले बताए।

उनले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउँदै माओवादीले ल्याएको परिवर्तनमा अन्य दलहरूले रजाइँ गरेको बताए। ‘माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरू गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो’ मन्त्री पौडेलले भने, ‘माओवादीकै उपलब्धिमा टेकेर माओवादीलाई नै गाली गर्नेहरूको कमी छैन, संविधानता जनप्रतिनिधिले कुँ गर्न मिल्दैन दुई-दुई पटक संविधान मिचेर संसद अन्तय गर्नेले उल्टै ठुला कुरा गरेको सुहाउँदैन।

माओवादीले केन्द्रीय महाधिवेशनपछि गैरभौगलिक सहित १० प्रदेशमा प्रशिक्षण सकिसकेको भन्दै पार्टीले कार्यसम्पादनका लागि कमाण्ड तयार परेको उल्लेख गरे। उनले समाजवादी क्रान्तिको लागि शक्तिशाली पार्टी निर्माणको संकल्प गरेको बताउँदै थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे। प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट विक्रम अचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्