काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पूर्वनिर्धारित कार्यतालिका अनुरुप स्थायी कमिटीको बैठक आइतबार दिउँसो ३ बजे बस्दैछ। बैठकमा वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको सन्दर्भमा चुनावी घोषणापत्र तयारी सम्बन्धनमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए।
स्थायी कमिटीको बैठकमा ४५ जना र अरु आयोगका प्रतिनिधिहरु हुन्। यसअघिको बैठकले गरेका निर्णयहरुको कार्यान्वयनका विषय पनि रहेको उनले बताए। पार्टी सञ्चालनका विभिन्न नियमावली पारित गर्नुपर्ने विषयमा पनि एमाले स्थायी कमिटी बैठकमा छलफल हुनेछ।
एमालेको फागुन ९ र १० गतेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरिएको थियो। सो प्रतिवेदनमा थप सुझावको माग भइरहेको पनि उनले भने। यसबाहेक समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।



लोकपाटी न्यूज

