काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि गुम्ने खतरा भएपछि उक्त उपलब्धिको रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताएका छन्।
नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्र सहितको गणतन्त्र लगायतको उपलब्धिहरू रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताए।
उनले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउँदै माओवादीले ल्याएको परिवर्तनमा अन्य दलहरूले रजाइँ गरेको बताए। माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरू गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो’ मन्त्री पौडेलले भने, ‘माओवादीकै उपलब्धिमा टेकेर माओवादीलाई नै गाली गर्नेहरूको कमी छैन, संविधानता जनप्रतिनिधिले कुँ गर्न मिल्दैन दुई-दुई पटक संविधान मिचेर संसद् अन्तय गर्नेले उल्टै ठुला कुरा गरेको सुहाउँदैन।’
उनले नेपालको पृष्ठभूमिको सबैभन्दा ठुलो आन्दोलन जनयुद्ध भएको भन्दे यो कुनै पार्टी केन्द्रित नभएर जनता केन्द्रित भएको बताउँदै के पाइयो भन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम माओवादी नेता कार्यकर्तालाई आग्रह गरे।
उनले बहुमतको सरकारलाई परमादेशको सरकार भन्नु कुतर्क रहेको बताउँदै हिजोका उपलब्धिको रक्षाका लागि गठबन्धन भएको बताए।



लोकपाटी न्यूज

