काठमाडौं। नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्टको दोहोरो चरित्रका कारण मुलुकमा अस्थिरता सिर्जना भएको आरोप लगाएका छन्। काँग्रेसको एक महिने चुनावी अभियानअन्तर्गत शनिबार बानेश्वरमा आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘काँग्रेस सधैँ आफ्नो स्पष्ट अडानमा हुन्छ। तर, कम्युनिस्टहरूले सधैँ दोहोरो चरित्र देखाउने गरेका छन्।’
उनले काँग्रेसको अडानकै कारण आजसम्मका हरेक राजनीतिक मुभमेन्ट सफल भएको बताए। काँग्रेसको अडानकै कारण मुलुक अस्थिरतातर्फ धकेलिनबाट जोगिएको उनको भनाइ छ। नेता सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको पनि बताए। पछिल्लो समयमा राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेहरूको संख्या बढिरहेकोले नागरिकलाई निराश बनाएको उनको भनाइ छ।
गठबन्धनको विषयमा उनले गठबन्धन निर्माणको परिस्थितिलाई भुल्न नहुने उनको तर्क छ। गठबन्धनका विषयमा काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल भइरहेको र मुलुकको आवश्यकतालाई हेरेर पार्टीले यस विषयमा निर्णय लिने उनको भनाइ छ।



लोकपाटी न्यूज

