काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी

लोकपाटी न्यूज

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा १९ सदस्यीय टोलीसहित वाङ केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौं ओर्लिए लगत्तै वाङ द्वारिकाज होटल पुगेका छन्। द्वारिकाज होटल पुगेका वाङ यीले शुक्रबार आराम गर्नेछन् भने शनिबार र आइतबारमात्र भेटघाट गर्नेछन्। वाङको चार्टर्ड फ्लाइट काठमाडौँ ओर्लने क्रममा केही जहाज आकाशमा होल्ड भएका थिए।

पाकिस्तान तथा अफगानिस्तानको भ्रमण सकेर बिहीबार राति नयाँ दिल्ली पुगेका वाङ शुक्रबार अपराह्न काठमाडौँ ओर्लिएका हुन्। शुक्रबार उनी सोझै द्वारिकाज होटलमा पुगी आराम गर्नेछन् भने शनिबार र आइतबारमात्र भेटघाट गर्नेछन्। वाङले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितसँग भेटवार्ता गर्ने छन्।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङको भ्रमण भएको हो। वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरू कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

वाङको भ्रमण अमेरिकी सहयोग परियोजना एमसीसी सदनबाट अनुमोदन भएपछिको परिवेशमा हुन लागेकाले पनि अर्थपूर्ण ठानिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्