काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३५ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार नेपालमा ५ हजार २६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै, आज ३ हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १ हजार ३८७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो चौबिस भण्टामा थप २६६ जना कोरोना संक्रमण मुक्त भएका छन्। सोही अबधिमा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६६ जना रहेको मन्त्रालयले जनाएको छ।



लोकपाटी न्यूज

