बागमतीमा यस्तो छ एमालेको चुनावी प्रक्षेपण

uml_commit
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक बबरमहलस्थित एक बैंक्वेटमा बसिरहेको छ। बिहीबारसम्म चल्ने बैठकमा छलफलका लागि ११ विषय कार्यसूचीमा राखिएका छन्। विशेष गरी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैठकमा छलफल भइरहेको छ।

प्रदेश कमिटी अध्यक्षहरूले पार्टीको अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। त्यसक्रममा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत बागमती प्रदेशमा ८० स्थानीय तहमा विजयी हुने दाबी गरिएको छ। एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले रिपोर्टिङ गर्दै ८० सिट जित्ने दाबी गरे।

उनले एमालेले स्थानीय तहमा एक्लै प्रतिस्पर्धा गरे उक्त सिट जित्ने दाबी गरे। ‘११९ स्थानीय तहमध्ये एक्लै प्रतिस्पर्धा भए ८० स्थानमा जित्छौं,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्