काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक बबरमहलस्थित एक बैंक्वेटमा बसिरहेको छ। बिहीबारसम्म चल्ने बैठकमा छलफलका लागि ११ विषय कार्यसूचीमा राखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैठकमा छलफल हुने जानकारी दिएका छन्।
उनले यी केन्द्रीय कमिटी बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा लाग्ने बताएका छन्। बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। त्यस्तै प्रदेश कमिटी अध्यक्षहरूले पनि पार्टीको अवस्थाबारे ब्रिफिङ गर्ने तय भएको छ। एमाले केन्द्रीय कमिटीको कार्यसूची यस्तो :
- रिपोर्टिङ
- राजनीतिक प्रतिवेदन
- विभागहरूको गठन
- स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया
- घोषणापत्र तयारी
- पार्टीको वार्षिक क्यालेन्डरको तयारी
- पार्टी स्थापना दिवस
- निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
- सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
- लेखा तथा आर्थिक व्यवस्थापन विनियम
- विविध



लोकपाटी न्यूज

