काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्। सोमबार तनहुँमा आयोजित पार्टीको सम्मेलनमा उनले निर्वाचनको वेलामा आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गरेर अगाडि जानुपर्नेमा जोड दिए।
‘निर्वाचनको वेलामा आफूलाई चित्त बुझेन भने पनि निर्णयलाई स्वीकार गरेर अगाडि जानुपर्दछ,’ पौडेलले भने, ‘पार्टीको निर्णयलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिँदैन।’ निर्वाचनको वेला आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले भाषणहरूमा कांग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
‘निर्वाचनको वेला आन्तरिक मतभेदलाई उठाउने समय होइन। चित्त बुझेन भने त्यो कुरालाई थाती राख्नुस्,’ उनले भने, ‘भाषणहरूमा कांग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस्।’आफूलाई नेतृत्वमाथि औँला ठड्याउने मान्छेको रूपमा प्रस्तुत गर्दै पौडेलले सधैँभरि प्रश्न गरिराख्न नमिल्ने पनि जिकिर गरे।



लोकपाटी न्यूज

