काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ। ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो।
प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल रहेका छन्।
प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए।



लोकपाटी न्यूज

