भारतमा सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै

Corona_Virus
लोकपाटी न्यूज

काठमाडौं। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। पछिल्लो चौबिस घण्टामा भारतमा दुई हजाभन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।

गत २४ घण्टामा चार लाख ३१ हजार ९७३ जनाको कोरोना परिक्षण गरिएकोमा एक हजार ७६१ जनामा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ। यद्यपी शनिबार मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार दुई हजार ७५ जनामा यो सङ्क्रमण देखिएको थियो।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २६ हजार २४० पुगेको अधिकारीले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६५ हजार १२२ पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण १२७ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम पाँच लाख १६ हजार ४७९ को मृत्यु भईसकेको छ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८१ करोड २१ लाख ११ हजार ६७५ डोज खोप लगाइएको छ।