पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

rock n water mausam
लोकपाटी न्यूज

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ।

साथै हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा सामान्यतया मौसम सफा भई देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्