काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी केन्द्र एक्लै चुनाव लड्न तयार भएको बताएका छन्। बागलुङ काठमाडौं सम्पर्क समन्वय समितिको वनभोज कार्यक्रममा पौडेलले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए।
‘हामी अरूभन्दा धेरै लचिलो छौं,’ मन्त्री पौडेलले भने, ‘हामी आफ्नै बुताले चुनाव लडेर जित्छौं। हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन्।’
काँग्रेसका कार्यकर्ताले माओवादीको कारण परिवर्तन भएको भन्ने बहस भएको भन्दै सहिद परिवारले उनीहरूको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमा लाग्न आग्रह गरे। माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए।
विचार, राजनीति, र दृष्टिकोण फरक भए पनि जिल्लाको विकासका लागि नेताहरू एकदम रहेको भन्दै बागलुङको विकासका लागि जीवन रहुन्जेल व्यतीत गर्ने बताए। यस्तै माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्याउने शक्ति माओवादी भएको बताए।



लोकपाटी न्यूज

